काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।
बुधबार जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया