फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित « Khabarhub

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ ।

फिदिम नगरपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने सबै प्रकारका खोप लगाइएको निश्चित गरी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएको हो ।

फिदिम नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिनासम्मका २७३ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको तथा १५ महिनाभन्दा कम उमेरका ५६२ जना बालबालिकाले निर्धारित खोप नियमित रूपमा लगाइरहेको यकिन गरी पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

फिदिम नगरपालिकामा खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य भएका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

फिदिम नगरपालिकाको कार्यालयमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले नगर प्रमुख काफ्लेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे ।

नगर प्रमुख काफ्लेका अनुसार यस वर्ष फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको छ । तर गाउँपालिकाले भने यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेका छन् । पाँचथरकै हिलिहाङ र याङवरक गाउँपालिकाले यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा गरेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सुनारले जानकारी दिए ।

४७ हजार ८१० जनसङ्ख्या रहेको फिदिम नगरपालिकामा १५ महिनाभन्दा कम उमेरका ५६२ जना, १५ महिनादेखि २३ महिनासम्मका २७३ जना र २४ महिनादेखि ५९ महिनासम्मका एक हजार ६१७ जना बालबालिका रहेका छन् ।

यस क्रममा फिदिम नगरपालिकाले सबैभन्दा पहिले पूर्ण खोप सुनिश्चित घोषणा गर्ने वडा नम्बर ९ लुम्फाबुङ, उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य चौकी लालीखर्ककी स्वास्थ्यकर्मी मञ्जु सेलिङ, अगुवा स्वास्थ्यकर्मी रमादेवी न्यौपाने, उत्कृष्ट कार्यसम्पादन गर्ने रानीटार स्वास्थ्य चौकी र उत्कृष्ट भूमिका निर्वाह गर्ने अगुवा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नरमाया रिमाललाई प्रसंशा पत्र प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : ५२ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक