इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा « Khabarhub

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित छायाँ जहाज समूहमा पर्ने १४ वटा जहाज समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यातलाई रोक्न प्रशासन प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार यो कदम इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत लिइएको हो।

यो घोषणा ओमानको मस्कटमा सम्पन्न अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकिएको दिनमै सार्वजनिक गरिएको हो।

इरानको सरकारी समाचार संस्थाका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले उक्त वार्ता पूर्ण रूपमा आणविक विषयमै केन्द्रित रहेको स्पष्ट पारेका छन्। उनका अनुसार तेहरानले वाशिङ्टनसँग अन्य कुनै विषयमा छलफल गरेको छैन।

अराघचीले विगतमा भएका व्यवहार र अनुभवका कारण दुवै देशबीच गहिरो अविश्वास कायम रहेको उल्लेख गर्दै यही अविश्वास नै वार्ताका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् ।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १२ : ३६ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका