इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा « Khabarhub

इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। प्रतिबन्धको सूचीमा १५ वटा संस्थान, दुई जना व्यक्ति तथा तथाकथित छायाँ जहाज समूहमा पर्ने १४ वटा जहाज समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी शासनले गैरकानुनी रूपमा गर्दै आएको तेल तथा पेट्रोकेमिकल निर्यातलाई रोक्न प्रशासन प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार यो कदम इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत लिइएको हो।

यो घोषणा ओमानको मस्कटमा सम्पन्न अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकिएको दिनमै सार्वजनिक गरिएको हो।

इरानको सरकारी समाचार संस्थाका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले उक्त वार्ता पूर्ण रूपमा आणविक विषयमै केन्द्रित रहेको स्पष्ट पारेका छन्। उनका अनुसार तेहरानले वाशिङ्टनसँग अन्य कुनै विषयमा छलफल गरेको छैन।

अराघचीले विगतमा भएका व्यवहार र अनुभवका कारण दुवै देशबीच गहिरो अविश्वास कायम रहेको उल्लेख गर्दै यही अविश्वास नै वार्ताका लागि सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् ।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १२ : ३६ बजे

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय

वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको