बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना « Khabarhub

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् । 

निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा संलग्न  उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहोर्‍याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताए।

 निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको, निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी परेका थिए ।

यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गरेको, सवारीसाधनमा झण्डा प्रयोग गरिएकोलगायत घटना दर्ता भएका छन् ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका अनुगमन अधिकृत खत्रीले कतिपय स्थानमा उम्मेदवारले स्वयं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको स्वीकार गरेको उल्लेख गर्दै यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताए।

अनुगमन अधिकृत खत्रीले पछिल्ला केही दिनयता आचारसंहिता उल्लङ्घनका घटनामा कमी आउन थालेको जानकारी दिँदै कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको बताए। 

केही उम्मेदवारसँग मौखिक स्पष्टीकरणसमेत सोधिएको र तत्काल त्यस्ता कार्य नदोहोर्‍याउन निर्देशन दिइएको उनले बताए।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ११ बजे

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः