इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए « Khabarhub

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी मारिएको जनाएको छ। सुरक्षा अधिकारीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्।

सुरक्षा सञ्चार प्रकोष्ठका अनुसार उत्तरी नाइनवे प्रान्तको पश्चिमी मरुभूमि क्षेत्रमा रहेका दुईवटा लुकेका आतंककारी अड्डामाथि इराकी लडाकु विमानमार्फत हवाई आक्रमण गरिएको थियो। 

सैन्य गुप्तचर निर्देशनालयले केही दिनसम्म गरेको निगरानीपछि आक्रमण गरिएको जनाइएको छ। सो कारबाहीमा चार जना आतंककारी मारिनुका साथै उनीहरूले प्रयोग गर्दै आएका दुवै अड्डा पूर्ण रूपमा ध्वस्त पारिएको छ। 

अड्डामा रहेका रसद सामग्री, उपकरण र हातहतियारसमेत नष्ट गरिएको सुरक्षा निकायले जनाएको छ।

यसैबीच, पश्चिमी अनबार प्रान्तमा गरिएको अर्को कारबाहीमा तीन जना आतंककारी मारिएका छन्। इराकी राष्ट्रिय सुरक्षा सेवाका अनुसार सुरक्षाबलले एक आतंककारी अड्डालाई घेराबन्दीमा पारेका थिए। सो अड्डामा अनबार क्षेत्रका तथाकथित सुरक्षा प्रमुखसहित उनका दुई सहयोगी लुकेर बसेका थिए। 

घेराबन्दीका क्रममा उनीहरूले आत्मघाती विस्फोट गराएपछि तीनै जनाको मृत्यु भएको हो। इराकले सन् २०१७ मा आतंककारी संगठनमाथि विजय घोषणा गरे पनि बाँकी रहेका तत्वहरूले अझै पनि विभिन्न शहर, मरुभूमि र दुर्गम क्षेत्रमा सुरक्षाबल तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएको सुरक्षा निकायले जनाएको छ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १ : ४४ बजे

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो

खानेपानी डिभिजन कलैयाका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय

वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको