बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ « Khabarhub

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाएको छ।

जाजरकोटकी एक युवतीले ठगुन्नाविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएकी थिइन्। पीडित युवती न्यायको माग गर्दै गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा अनशनरत थिइन्।

ठगुन्नाविरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए। फरार अवस्थामै उनलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पूर्वप्रहरी ठगुन्ना कार्यालयमा हाजिर नभएको कारण कोशी प्रदेश प्रहरी कार्यालयले गत कात्तिकमा सेवाबाट हटाएको थियो।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : १९ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका