कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटाैँ : सभापति थापा « Khabarhub

कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटाैँ : सभापति थापा


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४ को आन्दोलनबाट पाठ लिएर सच्चिएको पार्टी कांग्रेसमात्रै रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंवर ५ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्न अभियानमा रहको बताएका हुन् । उनले अहिलेको अवस्थामा सबैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन गरेपछि कांग्रेस भएको उल्लेख गरे ।

सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए ।

सभापति थापाले अधिवेशनपछि अव पार्टीमा कुनै पक्ष र विपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।

त्यस्तै कांग्रेस महामन्त्री एवं काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए ।

जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जर्बजस्त राजनीति नगरेको स्पष्ट पारे ।

महामन्त्री पौडेलले कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने धारणा राखे ।
 

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ६ : २२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।