टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित « Khabarhub

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको कोल्कातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो ।

खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको स्कटल्याण्ड खेल सकिन ७ बल अगावै १ सय ४७ रनमा समेटियो । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले २४ बलमा ४२ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । सो क्रममा उनले तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी, स्कटल्याण्डका टम ब्रुसले २८ बलमा ३५ रन बनाए भने जर्ज मुन्सेले १९ रन जोडे ।

बलिङतर्फ वेस्ट इण्डिजका रोमारियो शेफर्ड एक्लैले ५ विकेट लिए । जेसन होल्डरले तीन विकेट लिँदा गुडकेश मोती र शमार जोसेफले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो । वेस्ट इण्डिजका शिमरन हेटमायरले ३६ बलमा ६४ रनको विस्फोटक पारी खेले । सो क्रममा उनले दुई चौका र छ छक्का प्रहार गरे ।

त्यसैगरी, ब्रान्डन किङले ३० बलमा ३५ रन बनाए । शेरफेन रुथफोर्डले १३ बलमा २६ रन बनाउँदा रोभमन पावेलले १४ बलमा २४ रन जोडे ।

बलिङतर्फ स्कटल्याण्डका ब्राढ कुरीले दुई विकेट लिए । त्यस्तै, माइकल लिस्क, ओलिभर डेभिडसन र सफयान शरिफले समान एक विकेट लिए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : १२ बजे

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा– गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ– चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख भेटी

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान