सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ « Khabarhub

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार सुनिल थापाको निधनप्रति दुख व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जलि अर्पण थापालाई कहिल्यै नबिर्सने बताएकी छन् । प्रियंकाले ‘मेरी कोम’ फिल्मको एक स्मरणीय भिडियो साझा गर्दै सुनिल थापालाई केवल सह–कलाकार नभई आफ्नो जीवनका प्रेरक मार्गदर्शकका रूपमा सम्झिएकी छन् ।

बाबाको निधनपछि आफू भावनात्मक रूपमा कमजोर भएको समयमा थापाले दिएको साथ, स्नेह र मार्गदर्शनलाई उनले जीवनभर सम्झिरहने बताएकी छन्।

‘तपाईं सधैं मेरा कोच सर नै रहनुहुनेछ,’ भन्दै उनले लेखेकी छन्, ‘मलाई थाहा नहुँदा पनि तपाईंले मलाई परिवारझैं माया गर्नुभयो, कठिन दिनहरू पार गर्न सहारा दिनुभयो।’

थापाको हाँसो, न्यानो व्यवहार र प्रेरणादायी व्यक्तित्व उनका स्मृतिमा सदैव जीवित रहने उनले उल्लेख गरेकी छन्।

अत्यन्तै कम उमेरमै संसारबाट विदा भएका थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रियंकाले उनको परिवार र आफन्तजनप्रति पनि गहिरो समवेदना प्रकट गरेकी छन्। ‘टुटेको बेला देखाउनुभएको तपाईंको दयालुता र साथका लागि हृदयदेखि धन्यवाद,’ उनले भनेकी छन् ।

सुनिल थापा र प्रियंका चोपरा सन् २०१४ मा प्रदर्शन भएको चर्चित फिल्म ‘मेरी कोम’ मा सहकार्य गरेका थिए, जहाँ थापाले प्रियंकाको प्रशिक्षकको भूमिका निभाएका थिए। त्यो भूमिकाले मात्र होइन, पर्दाबाहिरको सम्बन्धले पनि दुई कलाकारबीच गहिरो आत्मीयता निर्माण गरेको थियो।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ८ : ३० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय