सङ्खुवासभामा मतगणना सुरु « Khabarhub

सङ्खुवासभामा मतगणना सुरु


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए। 

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरु गरिएको छ। दिउँसो १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो । 

दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडकमार्ग हुँदै मतपेटिका संकलन गरिएको हो । मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ । 

मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ४७ बजे

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच

जलेका सरकारी स्रेस्ता वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्नुपर्छ : अर्थमन्त्री  

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भाद्र २३ र २४ गतेको आन्दोलन