ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले « Khabarhub

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता गोकुल बास्कोटालाई टिकट नदिएको काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतान्तरसहित विजयी भएका छन्।

उनले ५३ हजार ३४४ मत प्राप्त गरे । भण्डारीले नेपाली कांग्रेसका मधु प्रसाद आचार्यलाई ३५,४७६ मतको फरकले पराजित गरे।

यहाँ धुलिखेल नगरपालिकाको प्रमुखबाट राजीनामा गर्न लगाएर ओलीले टिकट दिएका अशोककुमार ब्याञ्जु श्रेष्ठ तेस्रो स्थानमा समेटिएका छन् । उनले १३ हजार ९४० मत मात्रै पाएका छन् ।

अन्य उम्मेदवारहरू

  • नेकपा (एमाले) का अशोक कुमार ब्याञ्जु श्रेष्ठ: १३,९४० मत
  • नेपाली कम्युनिष्ट पार्टीकी बसुन्धरा हुमागाईं: ८,१०७ मत
  • उज्यालो नेपाल पार्टीकी ज्योत्सना सैजु: ३,७४९ मत

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : १४ बजे

सिन्डिकेटको सटरमा जनताको ताल्चा !

केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले पेट्रोल पम्प

रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा मधेशका भेट्रान नेताहरूलाई घुँडा टेकाए

सर्लाही- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा. वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र

चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन

काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार