सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई नियन्त्रणमा लिएको छ ।
चार्जिङ्ग स्टेशनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ बाज नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख ४० हजार रुपैयाँ लिएको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया