दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा « Khabarhub

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको लडाइँ बढेपछि यस साता दुई हजारभन्दा मानिस जिबुटी आइपुगेका संयुक्त राष्ट्रसङ्घले आइतबार जनाएको छ ।

एक हप्ता लामो हुथी आक्रमणले यमनको ‘रेड सी’ को बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल–मन्दाब जलमार्गमा आफ्नो पकड बलियो बनाउँदै गर्दा यहाँबाट दशौँ हजार मानिस भागेका छन् ।

बिहीबार समूहले ‘रेड सी’को बन्दरगाह शहर मोचा कब्जा गर्‍ यो, जुन युरोपबाट एसिया जाने जहाजका लागि महत्त्वपूर्ण जलमार्गमा पर्छ ।

“यमनको द्वन्द्वबाट भागेर दुई हजारभन्दा बढी मानिस जिबुटीको तटमा आइपुगेका छन्,” अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले आइतबार सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले एएफपीलाई पहिलो समूह बिहीबार साँझ आइपुगेको बताएको छ । साना अफ्रिकी देशका अर्थ र वित्त मन्त्री इलियास मौसा दावालेहले शनिबार करिब एक हजार ४०० जनाको आँकडा दिएका थिए ।

जिबुटी बाब अल–मन्दाब जलमार्ग र यमनको पारिपट्टी छ, जुन मध्यपूर्वी युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धिमा नाकाबन्दी सुरु गरेपछि साउदी अरबको तेल निर्यातका लागि महत्त्वपूर्ण धमनी बनेको छ ।

करिब दस लाख जनसङ्ख्या भएको अफ्रिकाको सबैभन्दा कम जनसङ्ख्या भएका देशहरूमध्ये एक जिबुटी तेल–धनी खाडी राज्यहरू पुग्ने आशामा महाद्वीप छाड्ने प्रवासीहरूका लागि मनपर्ने ट्रान्जिट बिन्दु हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाईदेखि लडाइँका कारण यमनमा कम्तीमा ७६ हजार मानिस विस्थापित भएका छन्, र हुथी आक्रमणका कारण पछिल्लो एक हप्तामा यो सङ्ख्या चार गुणा बढेको छ ।

करिब २३ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको जिबुटीमा बाब अल–मन्दाब जलसन्धि हेर्ने अमेरिका, चीन, जापान, फ्रान्स र इटालीका सैन्य आधार छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ८ : ३२ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको