स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता  « Khabarhub

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् ।

विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित स्वच्छ वातावरणको हक, खाद्य सुरक्षाको अधिकार र उपभोक्ताको हक पनि उत्तिकै महत्त्वपूर्ण छन् । यी मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्दै स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’ 

यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित विज्ञान र एक स्वास्थ्य, हाम्रो जित’ लाई उल्लेख गर्दै उनले स्वास्थ्यका विभिन्न पक्षबीचको अन्तरसम्बन्धलाई जोड दिइन् ।

मन्त्री मेहताले नयाँ स्वास्थ्य चुनौतीहरू समाधान गर्न सरकारी तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नयाँ स्वास्थ्य चुनौती समाधानका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य छ । एक स्वास्थ्य अवधारणाको महत्वलाई आत्मसाथ गर्दै सरकारले सन् २०१९ मा राष्ट्रिय एक स्वास्थ्य नीति स्वीकृत गरिसकेको छ।’

उनले आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रण र रोकथामका लागि समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  १ : ४७ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद