छाया कम्प्लेक्स भत्काउन मागसहित काठमाडौंमा प्रदर्शन « Khabarhub

छाया कम्प्लेक्स भत्काउन मागसहित काठमाडौंमा प्रदर्शन


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवं धार्मिक महत्वको सार्वजनिक कमलपोखरी पुरेर छायादेवी कम्प्लेक्स बनाइएकाले अविलम्ब भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाज र आदिवासी नेवाः राजनीतिक अभियानले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरूले ऐतिहासिक सम्पदा कमलपोखरी पुनः सार्वजनिक कायम गरौँ, सम्पदा संरक्षण अभियानमा सारा नेपालीहरू एक होऔँ, सम्पदा मास्न पाइँदैन लगायत लेखिएका प्लकार्ड प्रदर्शन गरेका थिए । 

ऐतिहासिक महत्त्व बोकेको सम्पदालाई मासेर व्यापारिक कम्प्लेक्स बनाइएकाले भत्काउन अदालतले आदेश दिनुपर्ने भन्दै प्रदर्शन गरिएको सम्पदा संरक्षण समाजका सदस्य नारायण महर्जनले बताए । 

उनीहरूले ११ औँ शताब्दीको ऐतिहासिक कमलपोखरी पुरानै अवस्थामा ल्याउन निरन्तर दबाब दिने जनाएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  १ : २३ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय