दुई दिनअघि थुनाबाट छुटेका थिए कीर्तिपुरमा विपिनलाई चक्कु हान्ने युवक ! « Khabarhub

दुई दिनअघि थुनाबाट छुटेका थिए कीर्तिपुरमा विपिनलाई चक्कु हान्ने युवक !


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरमा बस्दै आएका युवक विपिन घिमिरेको हत्यामा संलग्न भनिएका अझै पक्राउ पर्न सकेका छैनन् ।

बीए पढ्दै गरेका विपिनमाथि चक्कु हान्ने दुईजनामध्ये एकजना दुई दिनअघि मात्रै झै-झगडा कसुरमा पक्राउ परेर छुटेको खुलेको छ।

कैलालीका राज विष्ट दुई दिनअघि मात्रै प्रहरीको हिरासतबाट छुटेको खुलेको हो । झै-झगडा कसुरमा समातिएका उनी सोमबार मात्रै रिहा भएको पाइएको छ।

प्रहरीले पनि प्रारम्भिक अनुसन्धानबाट उनै राज विष्टले विपिनमाथि चक्कु हानेको पत्ता लगाएको छ। विपिनमाथि चक्कु हानेर ढालेपछि विष्ट भागेर ललितपुरको सातदोबाटो-ग्वार्को आसपासमा पुगेको पाइएको प्रहरीको भनाइ छ । उनको लोकेशन ट्रेस भए पनि अझै उनीसहित अर्का युवक पनि पक्राउ भने परेका छैनन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १०, बोडेटोलमा बसेर पढ्दै आएका घिमिरेको बुधबार दिउँसो चक्कु हानेर ज्यान लिइएको थियो।

दिनदहाडै राजधानीको एउटा नगरमा भएको हत्याकाण्डमा संलग्न दुवैजना युवक अझै पनि पक्राउ पर्न नसकेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवम् प्रवक्ता पवनकुमार भट्टराईले उक्त घटनामा संलग्न दुवै युवाको पहिचान भइसकेको बताएका छन् । उनीहरू कीर्तिपुरबाट भागेर लुकेको ठाउँ पनि लोकेट भएको उनले बताएका छन् ।

उक्त घटनाबारे अनुसन्धानका लागि प्रहरीले कीर्तिपुरबाट अन्य तीनजना युवकलाई पक्राउ गरेर हिरासतमा राखेको छ। बुधबार हिरासतमा राखिएका तीनमध्ये एकजनाको गतिविधि शंकास्पद रहेको उनले बताए । अन्य दुईजनाले घटना देखे पनि उनीहरू त्यसमा संलग्न नपाइएको भट्टराईले बताए ।

दोषीलाई कडा कारबाही गर्न सांसद पन्थीको माग

गुल्मीका युवक विपिनको हत्या गरिएको घटनाप्रति त्यहाँका सांसद गोविन्द पन्थीले प्रहरीको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

घिमिरेमाथि बिहीबार दिउँसो करिब २:२० बजे आक्रमण भएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको छ ।

सांसद पन्थीले यस्ता अमानवीय र जघन्य अपराधले समाजलाई नै असुरक्षित बनाउने भएकाले राज्य गम्भीर हुनुपर्ने बताएका छन्। उनले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।

निर्दोष नागरिकको जीवनमाथि खेलवाड गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

गुल्मी क्षेत्र नम्बर–२ बाट निर्वाचित जनप्रतिनिधिको हैसियतले घटनाप्रति गम्भीर चासो राख्दै सम्बन्धित निकायलाई न्याय सुनिश्चित गर्न कडा कदम चाल्न आग्रह गरेको उनले बताएका छन्।

यता मृतकका दाजु पर्ने ईश्वरी घिमिरेले चक्कु प्रहारपछि अत्यधिक रक्तस्राव र उपचारमा ढिलाइका कारण विपिनले अकालमै ज्यान गुमाउनुपरेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत हिरासतबाट छुटेको व्यक्तिले घटनाको दुई दिनमै हत्या गरेको आरोप लगाएका छन्। उता सांसद पन्थीले सुरक्षा निकायलाई अपराधीलाई छिटो पक्राउ गरी कडा सजाय सुनिश्चित गर्न निर्देशन दिएको जानकारी दिएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  २ : ३४ बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०