मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल « Khabarhub

मिडिया ट्रायल भयो, कानुनी उपचार खोज्छु : पूर्वसञ्चारमन्त्री खरेल


२४ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको भन्दै कानुनी उपचार खोज्ने जनाएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद समेत रहेका खरेलले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै खरेलले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

अहिले आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको बताउँदै खरेलले आफूले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् । गल्ती नगरेकाले आफूलाई अलिकति पनि डर नभएको उनको भनाइ छ ।

‘यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  २ : ४४ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका