उजाड सुकुम्वासी बस्तीमा कवाडी संकलकलाई ‘दशैँ’ « Khabarhub

उजाड सुकुम्वासी बस्तीमा कवाडी संकलकलाई ‘दशैँ’


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरूलाई हटाएर घर टहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन् । 

ती ठाउँमा बसेका मानिसहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरूको चहलपहल छ । 

सरकारले उपत्यकाकै दर्जनौँ सुकुम्वासी बस्ती भन्काइदिएपछि कवाड व्यवसायीका लागि अवसर बनेको हो । उनीहरू सुकुम्वासी बस्तीमा पुगेर धमाधम कवाडी बटुल्नमा व्यस्त छन् । 

उनीहरूका लागि उजाड सुकुम्वासी बस्ती आम्दानीको स्रोत बनेको छ । गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुम्वासी बस्ती हटाएपछि अहिले त्यहाँ  पनि कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ । 

भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ४ : १२ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या