बालेनबारे सुदनको कटाक्ष : प्रहरीले बोलाएछ भने हाजिर हुनेछु « Khabarhub

बालेनबारे सुदनको कटाक्ष : प्रहरीले बोलाएछ भने हाजिर हुनेछु


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रमसंस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नेतृत्व शैलीप्रति टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किरातीले ‘सम्माननीय प्रधानमन्त्री बालेन शाहको बालापन !’ शीर्षकमा लेखेका छन्। उनले राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्व व्यक्तिमाथि नभई समस्या र प्रक्रियामाथि केन्द्रित हुनुपर्ने बताएका छन्।

किरातीले जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार रूपमा हेर्न चाहने उल्लेख गर्दै सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नेतृत्वको परिपक्व शैली मानिने धारणा व्यक्त गरेका छन्।

उनले आफ्नो अभिव्यक्तिप्रति प्रतिक्रिया आउन सक्ने संकेत गर्दै ‘यति भन्ने चाहिँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु’ भन्ने टिप्पणी पनि गरेका छन्।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १२ : ३३ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी