रवि र शिशिरको भारत भ्रमणबारे नीलाम्बरको टिप्पणी : मुख्य मुद्दा नउठाएर नेपाल फेरि चुक्यो « Khabarhub

रवि र शिशिरको भारत भ्रमणबारे नीलाम्बरको टिप्पणी : मुख्य मुद्दा नउठाएर नेपाल फेरि चुक्यो


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले हालै दक्षिणी छिमेका भएका दुई भ्रमणबारे गम्भीर प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणका क्रममा नेपालका प्रमुख सीमा मुद्दा नउठाएको भन्दै उनले प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आचार्यले नेपालबाट भएका यी दुई महत्वपूर्ण भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । तर पनि नेपालले निरन्तर उठाउँदै आएका लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासम्बन्धी विषयमा कुनै सार्वजनिक चर्चा नभएको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘हालै नेपालबाट दुई महत्वपूर्ण भ्रमण (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल) भारतमा भएका छन्। यसरी भ्रमण हुनु राम्रो कुरा हो। रवि र परराष्ट्रमन्त्रीलाई मिलेको स्वागत सत्कार पनि सकारात्मक छ। तर नेपालले उठाउँदै गरेका र उठाउनै पर्ने कुरा (लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा सुस्तामा भारतीय अतिक्रमण) यी दुवै भ्रमणमा उठाइएनन्।’

आचार्यले जनमानसमा चासो र संसद्‍मा समेत बहसको विषय बनेका मुद्दामा बोल्न हिच्किचाएको देखिएको टिप्पणी गर्दै मित्र राष्ट्रहरूबीच यस्ता विषयमा खुला रूपमा कुरा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

रास्वपा सभापति लामिछाने गत सोमबार भारत भ्रमणमा गएका थिए। नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्तापछि उनी लखनउ हुँदै अयोध्या पुगेका थिए। अयोध्यास्थित भगवान् श्रीराम मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेपछि उनी शुक्रबार स्वदेश फर्किएका हुन्।

उता परराष्ट्रमन्त्री खनाल पनि शुक्रबार नयाँदिल्ली पुगेका थिए। दुवै नेताको भ्रमणका क्रममा भारतसँगका सीमा विवादका विषयमा भएको छलफलबारे कुनै सार्वजनिक जानकारी नआएको अवस्थामा पूर्वराजदूत आचार्यको टिप्पणी आएको हो।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १ : ३३ बजे

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक