साहित्यकार डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन « Khabarhub

साहित्यकार डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक तथा सहित्यकार खुसीराम डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन गरिएको छ ।

आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौपिलयाका १८ र अनन्त विजय डठौलिया र  विष्णु गुरुङका एक एक गरी कुल २० वटा पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो । 

विमोचन गरिएका कृतिहरूमा कविता, कथा, यात्रा संस्मरण, उपन्यास तथा जीवनीलगायतका विधा समेटिएका छन् । डोलियाका सुगन्ध, हल्सीदेखि मुक्तिनाथ, बाध्यता, बस्तीभित्रका हस्तीहरू, पर्खालभित्र, अन्तरमनका आवाजः धुन तथा जीवनको परिभाषा लगायतका कृति सार्वजनिक गरिएका छन् ।

कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको इतिहासमा यति धेरै कृति एकैपटक सार्वजनिक हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै डोलियाको साहित्यिक योगदानको प्रशंसा गरेका थिए । 

कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्वराजदूत जयराज आचार्य, संस्कृतिविद् जगमान गुरुङ, प्राडा विद्यानाथ कोइराला, प्राडा भागवत ढकाल, प्राडा भागेश्वरी पंगेनी तथा मदन पुरस्कार गुठीका अध्यक्ष विजयराज न्यौपानेलगायतले कृतिको विमोचन गरेका थिए ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १ : ३४ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र