छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ « Khabarhub

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

सफाइ पाएर गृह मन्त्रालयमा फर्किनेमा ढुक्क


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार रहेको उल्लेख गरे।

गुरुङले छानबिन प्रक्रियामा सहजीकरण गर्नकै लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको पनि जिकिर गरेका छन् ।

छानबिनका क्रममा समितिले सम्पत्तिबारे कडा प्रश्नहरू सोधेको बताउँदै उनले त्यसको स्पष्ट जवाफ दिएको बताएका छन्। उनले समितिसँग भएको बयानका क्रममा भएको एउटा प्रसंगलाई ठट्यौली शैलीमा स्मरण गर्दै प्रतिप्रश्नसमेत गरेको बताए।

छानबिन समितिसँग बयानका क्रममा भएको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा सुनाए ।

‘समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ’, गुरुङले भने ।

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रहसमेत गरे।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही नआइदिनुहोला’, कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको उनले बताए ।

सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीबारे पनि बोले । अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उनको तर्क थियो । उनले नेतृत्वले जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १ : ५२ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी