प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सुधन गुरुङ « Khabarhub

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सुधन गुरुङ


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गोरखा– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । 

पूर्वगृहमन्त्री गुरुङले देश बनाउन सबै मिलेर अघि बढ्नुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे ।

‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्‍यो’, उनले भने, ‘विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।’ गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत रहेका उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ’, उनले भने, ‘गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।’ पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उनको छ ।

जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटकपटक आएको भन्दै उनले आफ्नो थाल कति छ भनेर हेर्दा अरूको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताए।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  २ : ४६ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी