पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना  « Khabarhub

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना 


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । 

आन्दोलित कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए । 

निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ । 

प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिका तर्फबाट ५० प्लस १ बहुमत नपुगेको भन्दै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन् । 

उनीहरूले उक्त निर्णय पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको आरोप लगाएका छन् । उनीहरूले एक पटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन् ।

कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ तथा निष्पक्ष निर्णयको माग गरेका छन् । 

साथै पार्टीले सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने र विधानसम्मत निर्णय गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ३ : २२ बजे

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक