इजरायली सेनाद्वारा ७ महिने प्यालेस्टिनी बालकको हत्या, आमाबुबा घाइते « Khabarhub

इजरायली सेनाद्वारा ७ महिने प्यालेस्टिनी बालकको हत्या, आमाबुबा घाइते


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन क्षेत्र नजिक इजरायली सेनाले एक सवारीसाधनमाथि गोली चलाउँदा ७ महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार शिशुको अनुहारमा गोली लागेका कारण घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका उनका पिता र आमाको उपचार भइरहेको छ । आमाको अवस्था गम्भीर रहेको बताइएको छ । इजरायली सेनाले भने आफ्ना सैनिकहरूले आफूहरूतर्फ तीव्र गतिमा आइरहेको जस्तो देखिएको एक सवारीसाधनलाई लक्षित गरी गोली चलाएको जनाएको छ ।

सेनाको प्रारम्भिक अनुसन्धानले घाइते भएका तीनै जना सर्वसाधारण रहेको र उनीहरूको कुनै संलग्नता नरहेको देखाएको बताइएको छ । शिशुका पिता, जो एक विश्वविद्यालयका प्राध्यापक समेत हुन्, का अनुसार परिवारका सदस्यहरू सवारीसाधनमा यात्रा गरिरहेका बेला अचानक गोलीबारी भएको थियो ।

उनका अनुसार एउटा गोली अगाडिको सिसा छेड्दै उनको हातमा लागेर पछाडिको सिटमा रहेका शिशुसम्म पुगेको थियो । सोही क्रममा शिशुको अनुहारमा गम्भीर चोट लागेको थियो । घटनामा शिशुकी आमालाई पनि चोट लागेको छ ।

चिकित्सकहरूका अनुसार उनको मुटुनजिक छर्रा अड्किएको छ र अवस्था चिन्ताजनक रहेको छ । परिवारका सदस्यहरूका अनुसार उनीहरू सैन्य जाँचचौकी नजिक पुग्दा टाढाबाट सैनिक र सैन्य सवारीसाधन देखेपछि गाडी रोकेका थिए । सुरुमा सुनिएको गोलीको आवाज चेतावनीका लागि चलाइएको हो भन्ने लागेको भए पनि केही क्षणमै गम्भीर दुर्घटना भएको उनीहरूको भनाइ छ ।

शिशुको मृत्युले स्थानीय समुदायमा शोक छाएको छ । अन्त्येष्टिका क्रममा उनको शवलाई प्यालेस्टिनी झन्डाले बेरिएको थियो । परिवारले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेको छ ।

सन् २०२३ अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पश्चिमी किनारामा इजरायली सैन्य कारबाही तथा प्यालेस्टिनीहरूविरुद्ध हुने हिंसात्मक घटनामा उल्लेख्य वृद्धि भएको विभिन्न मानवअधिकार संस्थाहरूले जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ४ : २८ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा