चुनावमा आफ्नैबाट धोका पाएको कांग्रेसलाई क्रियाशील अद्यावधिकमा पनि असहयोग « Khabarhub

चुनावमा आफ्नैबाट धोका पाएको कांग्रेसलाई क्रियाशील अद्यावधिकमा पनि असहयोग

चुप बस्दा कारबाहीमा परे बाराका सभापति



काठमाडौं- नेपाली कांग्रेसको बारा जिल्ला कार्यसमिति सभापति राजेश राय यादव आाइतबार निलम्बनमा परे । यादवमाथि २०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन लागेको आरोप छ ।

अनुसन्धान प्रभावित हुन सक्ने निष्कर्ष निकाल्दै २१ जेठमा केन्द्रीय अनुशासन समितिले यादवलाई मुद्दा टुंगो नलागेसम्म सभापतिको हैसियतमा कामकाज गर्न नपाउने गरी निलम्बन गरेको हो ।

समितिका अनुसार यादवसँग दुई पटक स्पष्टीकरण माग गरिएको थियो । तर, तोकिएको समयभित्र कुनै जवाफ नआएपछि विधान र नियमावलीअनुसार कारबाही गरिएको हो ।

‘दुई पटक स्पष्टीकरण माग गर्दा पनि कुनै जवाफ प्राप्त नभएको तथा थप अनुसन्धान आवश्यक देखिएकाले अनुसन्धान प्रभावित हुन नदिन अन्तिम निर्णय नहुँदासम्म बारा जिल्ला सभापतिको हैसियतमा कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरिएको छ,’ समितिले भनेको छ ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको समितिले उल्लेख गरेको छ ।

यस कारबाहीबारे नाम खुलाउन नचाहेका बारा जिल्लास्थित एकजना कांग्रेस नेता भन्छन्, ‘२१ फागुनको निर्वाचनमा उनी पूर्णरुपमा निष्क्रिय थिए । निर्वाचनलक्षित कार्यक्रम सञ्चालन त कहाँ हो कहाँ, अन्य कुनै गतिविधिमा पनि उनले सहभागिता जनाएका थिएनन् ।’

जिल्ला सभापति यादवविरुद्ध प्रतिनिधिसभा निर्वाचनकै क्रममा जिल्लाकै कार्यकर्ताहरूले केन्द्रीय अनुशासन समितिमा उजुरी हालेका थिए ।

स्रोतका अनुसार यादवले निर्वाचनपछि पनि पार्टीका निर्णय र निर्देशन पालना गरेका छैनन् । पार्टीका अभियान र कार्यक्रमहरूमा पनि उनी सहभागी भएका छैनन् ।

उता, त्येही जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित कांग्रेस उपसभापति फरमुल्ला मन्सुरले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे । ‘यस विषयमा कारबाही गर्ने अनुशासन समितिको जिम्मेवारी हो, उहाँहरूलाई नै जानकारी होला’, यति भनेर उनी पन्छिए ।

यस्तै, सर्लाही क्षेत्र नं. २ का प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा, कौशल किशोर राय, जंगीलाल राय, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) माथि पनि त्यही आरोप थियो ।

उनीहरूले पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवाफ दिएपछि समितिले पार्टी विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रहँदै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ ।

समिति सचिव दिनेश थापा मगरका अनुसार हालसम्म समितिमा ७ सय ७६ वटा अनुशासन उल्लंघनका उजुरी परेका छन् ।
जसमा क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर–३ का क्षेत्रीय सभापति केशव चन्दको जिम्मेवारी खोसिएको छ ।

गत ११ जेठमा उनलाई हटाएर उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिइयो । जिम्मेवारी खोसिएपछि चन्दले आफूहरू पार्टीका लागि समर्पित रहेको र सानोतिनो कुराले नडगमगाउने प्रतिक्रिया दिए ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरका ६ हजार ७४३ वडा कार्यसमितिलाई जिम्मा दिएको थियो ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पत्र नै लेखेर असहयोग गर्ने वडा सभापतिहरूको हकमा विधानअनुसार वैकल्पिक व्यवस्था गरिने चेतावनी पनि दिएका थिए । त्यहीअनुरुप उनीहरूलाई कारबाही अघि बढाइएको हो ।

क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरूको जिम्मेवारी खोस्न सुरू गरेको ९ जेठमा सुनसरीको लौकहीमा भएको कार्यक्रममा सभापति गगनकुमार थापाले बताएका थिए ।

विशेष महाधिवेशनमा सहभागी नभएको समूहका सभापतिहरूले पार्टी कामलाई गति नदिएपछि यस्तो निर्णय गरिएको उनको भनाइ थियो ।

‘मैले हिजोमात्रै निर्णय गरेर आइसकेँ । उपसभापतिलाई पनि भर्खर जानकारी गराउँदै छु । हिजो मैले करिब ५० जना वडा सभापतिको ठाउँमा नयाँ साथीलाई क्रियाशीलसम्बन्धी काम गर्न जिम्मेवारी दिएको छु,’ उनले त्यहाँ भने ।

उजुरीका परेकामध्ये अब बाँकी २३१ जनालाई कारबाही गर्ने तयारी गरिएको सचिव थापाले बताएका छन् ।

‘५४५ जनासँग स्पष्टीकरण सोधिएकोमा प्राप्त भइसकेको छ । अब २३१ जनालाई सम्भवतः भोलि समितिको बैठक राखेर सोध्ने तयारी छ,’ उनले भने ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ५ : ४० बजे

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं– नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा

कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा जन्मिएका एक नवजात शिशुमा निमोनिया

युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा

तेहरान- पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग