संघदेखि प्रदेशसम्मका सांसदहरूलाई चाहियो पीए र सहयोगी कर्मचारी « Khabarhub

संघदेखि प्रदेशसम्मका सांसदहरूलाई चाहियो पीए र सहयोगी कर्मचारी


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

टीकापुर– संघीय संसद तथा प्रदेश सभाका सांसदहरूले आफ्नो संसदीय कामलाई प्रभावकारी बनाउन व्यक्तिगत सहयोगी (पीए) सहित आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न माग गरेका छन्।

सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर–व्यवस्थापिका मञ्चको ११औँ सम्मेलनले जारी गरेको नौबुँदे सन्देशपत्रमा संघीय संसद र प्रदेश सभाका सदस्यहरूका लागि सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो।

सन्देशपत्रको पाँचौँ बुँदामा सांसदहरूको कार्यगत दक्षता अभिवृद्धि, कानुन तर्जुमा प्रक्रियालाई सुदृढ बनाउने तथा संसदीय गतिविधिलाई गुणस्तरीय र प्रभावकारी बनाउन सहयोगी कर्मचारी आवश्यक रहेको उल्लेख गरिएको छ।

सम्मेलनले संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूलाई संसदीय जिम्मेवारी निर्वाह, अध्ययन–अनुसन्धान, कानुन निर्माण र नीति विश्लेषणका कार्यमा सहयोग पुर्‍याउन आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।

संसदीय अभ्यासमा विकसित लोकतान्त्रिक मुलुकहरूमा सांसदहरूलाई व्यक्तिगत सहयोगी, अनुसन्धानकर्ता तथा प्रशासनिक सहयोगी उपलब्ध गराइने व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो संरचनाको आवश्यकता औँल्याइएको छ।

अन्तर–व्यवस्थापिका मञ्चको सम्मेलनमा संघीय संसद, राष्ट्रिय सभा तथा सातै प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ६ : ०९ बजे

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’