कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोली अन्तर्राष्ट्रिय पुरस्कार जित्न पुरस्कृत « Khabarhub

कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोली अन्तर्राष्ट्रिय पुरस्कार जित्न पुरस्कृत


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकै सबैभन्दा ठूलो एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोलीले अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका छन् । 

इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा सम्पन्न प्रतियोगितामा ७० भन्दा बढी देशका टोलीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाली विद्यार्थीका नौ टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुन् । 

प्रतियोगितामा नेपालले ६ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्नुका साथै थप तीन टोली विश्वका उत्कृष्ट ३० टोलीभित्र पर्न सफल भएका छन् । ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि आयोजना गरिने कोडेभर विश्वकै ठूलो वार्षिक एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता हो । 

संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग आबद्ध प्रतियोगिताले युवा प्रतिभाहरूलाई वास्तविक जीवनका समस्याको समाधान खोज्ने प्रविधिमूलक नवप्रवर्तन विकास गर्न प्रेरित गर्दै आएको छ । 

नेपाली टोलीहरूले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि तथा औषधि व्यवस्थापनजस्ता विषयमा आधारित परियोजनामार्फत अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका हुन् । 

प्रतियोगितामा एशिया प्यासिफिक स्कूल, रिलायन्स पब्लिक स्कूल, डेजी बोर्डिङ इङ्ग्लिस सेकेन्डरी स्कूल तथा स्किल्सअप ग्लोबलसँग आबद्ध विद्यार्थीहरूले विभिन्न विधामा पुरस्कार जितेका छन् । 

प्रतियोगितामा प्राप्त उपलब्धिको सम्मानस्वरूप स्किल्सअप ग्लोबल र नीमा एजुकेशन फाउन्डेसनले काठमाडौंमा सफलता उत्सव तथा सम्मान समारोह आयोजना गरेको थियो । 

आयोजकले नेपाली विद्यार्थीको सिर्जनशीलता, प्रविधिमैत्री सोच र नवप्रवर्तन क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाएको बताएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ७ : १६ बजे

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको