भारत भ्रमणपछि खनालले भने : ऐतिहासिक उपलब्धि हासिल भयो « Khabarhub

भारत भ्रमणपछि खनालले भने : ऐतिहासिक उपलब्धि हासिल भयो


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, कूटनीतिक तथा रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

भारतको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको बताएका हुन् ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा भएको भ्रमणका क्रममा नयाँ दिल्लीमा दुवै देशका प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता भएको थियो । वार्तामा व्यापार तथा आर्थिक सहकार्य, ऊर्जा साझेदारी, कनेक्टिभिटी, जलस्रोत व्यवस्थापन, खेलकुद तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल भएको मन्त्री खनालले जानकारी दिए ।

उनका अनुसार दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगति समीक्षा गरेका छन् । साथै ती परियोजनालाई थप प्रभावकारी बनाउने उपायबारे पनि विचार आदानप्रदान गरिएको थियो ।

भ्रमणका क्रममा नेपाल र भारतबीच तीन महत्वपूर्ण संयुक्त घोषणा भएका छन् । पहिलो, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (शएनपीसीआई) बीच अन्तरदेशीय व्यक्ति–व्यक्ति (पीटूपी) भुक्तानी सेवा सञ्चालन गर्ने सहमति कार्यान्वयनमा ल्याइएको छ । दोस्रो, भारतको विकास सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका ७२ स्वास्थ्य तथा १२ सांस्कृतिक सम्पदा परियोजनाको हस्तान्तरण गरिएको छ। तेस्रो, काठमाडौं विश्वविद्यालय र डिजिटल इन्डिया भाषिनी डिभिजनबीच भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा साझा सुरक्षा चासो, सीमा व्यवस्थापन तथा रणनीतिक साझेदारीका विभिन्न पक्षमा छलफल भएको उनले बताए ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीस्थित इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा नेपालको परराष्ट्र नीतिका प्राथमिकता, ऊर्जा, व्यापार तथा सीमासम्बन्धी विषयमा आफ्नो धारणा राखेका थिए। साथै उनले नेपाली राजदूतावास, नयाँ दिल्लीको भ्रमण गरी दूतावासका अधिकारीहरूसँग अन्तरक्रिया गर्नुका साथै भारतस्थित सञ्चारमाध्यमसँग पनि संवाद गरेका थिए।

मन्त्री खनालले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट तथा छलफलले व्यापार र लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विकास तथा जनस्तरको सम्बन्ध विस्तारका लागि बलियो आधार तयार गरेको बताए।

उनले नेपालले अवलम्बन गरेको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर पनि भ्रमणले प्रदान गरेको उल्लेख गरे। साथै क्षेत्रीय स्थायित्व, आपूर्ति श्रृंखला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा समेत दुवै पक्षबीच धारणा आदानप्रदान भएको उनले जानकारी दिए।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ९ : ०० बजे

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’

कोशीका मुख्यमन्त्रीले परराष्ट्रमन्त्रीलाई सोधे : मोदीसँग के के कुरा गर्नुभयो ?

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परराष्ट्रमन्त्री शिशिर

म्यारियट इन्टरनेशलनका प्रमुख डेभिड म्यारियट पाटन दरबार क्षेत्रमा

ललितपुर – म्यारियट इन्टरनेशलका प्रमुख डेभिड म्यारियटले पाटन दरबार क्षेत्रको

बालिकालाई जबर्जस्ती अनैतिक काममा लगाउने ‘स्पा’ सञ्चालिका पक्राउ

काठमाडौं – ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक

रविले सर्वदलीय बैठक डाक्नुअघि भेटेका थिए प्रधानमन्त्री बालेन

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका