साहित्यिकार डौलियाका २० कृति विमोचन « Khabarhub

साहित्यिकार डौलियाका २० कृति विमोचन


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको आज एकैपटक विमोचन गरिएको छ । मर्स्याङ्दी वाङमय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्राध्यापनसँगै साहित्य क्षेत्रमा लाग्नुभएका लमजुङ सुन्दरबजार नगरपालिका–९ फेदीकुनाका डौलियाका विभिन्न विधाका २० कृति एकैपटक विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ र डौलिया प्रकाशक रहेको अनन्तविजय डौलिया र विष्णु गुरुङ ९प्यासी० का एक–एक कृति गरी कुल २० वटा पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो ।

विमोचन गरिएका कृतिमा कविता, कथा, नियात्रा, उपन्यास र जीवनीलगायत रहेका छन् । साहित्यकार डौलियाका विमोचन गरिएका कृतिमा सुगन्ध (कथा सङ्ग्रह), हलेसीदेखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (सङ्क्षिप्त जीवनी), पर्खालभित्र (कविता सङ्ग्रह), अन्तरमनका आवाज (कविता सङ्ग्रह), जीवनको परिभाषा (कविता सङ्ग्रह) छन् ।

यस्तै, अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम सङ्कल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन (कविता सङ्ग्रह) रहेका छन् । अनन्तविजय डौलियाको बालसाहित्य दोस्ती र विष्णु गुरुङ ९प्यासी०को कवितासङ्ग्रह वनपाखाका फूल रहेका छन् ।

उक्त कृतिको संयुक्त राष्ट्रसङ्घका पूर्वराजदूत प्रा डा. जयराज आचार्य, प्रा डा विद्यानाथ कोइराला, प्रा डा भागवत ढकाल, प्रा डा भागेश्वरी पङ्गेनी र मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलगायतले विमोचन गरे ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका पूर्वराजदूत प्रा डा आचार्यले गण्डक क्षेत्र साहित्य र लोकसंस्कृतिको धनी भएको बताए । उनले मर्स्याङ्दी नदी जस्तै साहित्यकार डौलियाका कृति बहेको भन्दै खुसी व्यक्त गरे । नेपाली साहित्यको इतिहासमा यति धेरै कृति एकैपटक सार्वजनिक हुनु आफैँमा एउटा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

साहित्यकार डौलियाको यसअघि प्रतिक्षा (लघुउपन्यास), समयका छाल (कविता सङ्ग्रह), मातृभूमि (कवितासङ्ग्रह), समयको बेग (कविता सङ्ग्रह), समयको आवाज (कविता सङ्ग्रह), समुन्द्रपारी (यात्रा संस्करण), सुखद मिलन (उपन्यास), डौलिया वंशावली र सीमित आकाश (कविता सङ्ग्रह) प्रकाशन भइसकेका छन् ।

डौलियाले विसं २०७१ मा तीन वटा र विसं २०८१ मा ६ वटा कृति प्रकाशनमा ल्याएका थिए । आज विमोचन भएका कृतिसहित साहित्यकार डौलियाको कृतिको सङ्ख्या २९ पुगेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ९ : २५ बजे

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित,

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर