गण्डकीका उत्कृष्ट कृषक सम्मानित « Khabarhub

गण्डकीका उत्कृष्ट कृषक सम्मानित


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो ।

कार्यक्रममा कृषिमन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्तबहादुर कुँवर र मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गरिन् ।

कृषि क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पु¥याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।

यस वर्षको प्रदेश सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका–१ को सहारा कृषि फार्मका सञ्चालक गमबहादुर कुँवर पुरस्कृत भए । उनले नगद ५० हजार तथा सम्मानपत्र प्राप्त गरे । यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौलाकालिका कृषि फार्मका सञ्चालक निर्मल भट्टराई, पोखरा–१४ को रोशन एण्ड रोहित कृषि फार्मका सञ्चालक रमेश खनाल र तनहुँ व्यास नगरपालिका–१० का दाजुभाई गाई फार्मका सञ्चालक रमेश तिमिल्सिना सम्मानित भए ।

यसैगरी, खिलुङ कालिका अर्गानिक कृषि फार्म भिरकोट नगरपालिका–७ स्याङ्जाका शालिग्राम अर्याल र नीलगिरि पशुपन्छी तथा कृषि व्यवसाय मुस्ताङका सञ्चालक भूपेन्द्र शेरचन सम्मानित भए । प्रदेश उत्कृष्ट कृषि पुरस्कार राशि जनही नगद ३२ हजार र सम्मानपत्र रहेको मन्त्रालयका सूचना अधिकारीसमेत रहनुभएका पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिए ।

कृषिमन्त्री कार्कीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईं भट्टराईले कृषिमा नवप्रवर्तन, यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने कृषक तथा कृषि फार्मलाई प्रोत्साहन गर्न पुरस्कार वितरण गरिएको बताए ।

प्रदेशमा कृषि उद्यमशीलता विस्तार, आयात प्रतिस्थापन, खाद्य सुरक्षा र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ४४ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ