तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यालयम प्रभावकारी बन्दै गएको छ ।

आधुनिक कृषि प्रविधिको प्रयोग, व्यावसायिक खेती, कृषि यान्त्रिकीकरण, सीप विकास तालिम तथा बजारसँगको पहुँच विस्तार भएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित भएका छन् ।

परम्परागत रुपमा खुला रुपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ‘ब्रान्ड’, आकर्षक ‘लेबल’ र गुणस्तरीय ‘प्याकेजिङ’सहित उपभोक्तामाझ पुग्न थालेका थालेका छन् । तनहुँमा उत्पादन हुने कृषिउपजले पछिल्ला वर्षमा बजारमा नयाँ पहिचान बनाएर ‘ब्राण्डिङ’ गरी उपभोक्तासम्म पु¥याउन थालिएको छ ।

कृषि विकास कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा कृषि उद्यम विकास कार्यक्रममार्फत जिल्लाका कृषि उद्यमी, समूह र सहकारीमार्फत उत्पादन हुने कृषिउपजको मूल्य अभिवृद्धि तथा बजारीकरणमा टेवा पुगेको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।

‘कार्यक्रमअन्तर्गत किसानद्वारा उत्पादित उपजको ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ र बजार प्रवद्र्धनमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउदै आएका छौँ’, उनले भने, ‘यस कार्यक्रमअन्तर्गत बेसार, अदुवा, मह, सातु, तोरीको तेल, मकै, फापर, कोदो, गहुँ तथा चामलको पिठो, प्रशोधित चामल, मकैजन्य परिकार तथा विभिन्न दलहन र गेँडागुडीजस्ता उत्पादन बजारमा आकर्षक रुपमा सामग्री उपलब्ध गराउन थालिएको छ ।’

उपजको गुणस्तरप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै किसानले उत्पादन गरेका वस्तुको मूल्य पाउने अवस्था सिर्जना हुने गरेको परियारको भनाइ छ । कृषि क्षेत्रमा उत्पादन बढाउनेभन्दा पनि त्यसको मूल्य अभिवृद्धि गरी बजारसम्म पु¥याउने चुनौती रहँदै आएकोमा यस कार्यक्रम प्रभावकारी देखिएको उनले बताए ।

यस कार्यक्रमले किसानको सहभागिता अपेक्षाअनुसार बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । अधिकांश किसान अझै परम्परागत उत्पादन तथा बिक्री गरिरहेकाले सीमित सहभागिताका बाबजुत कार्यक्रमले स्थानीय उत्पादनको व्यवसायीकरण, मूल्य अभिवृद्धि र बजारीकरणमा सकारात्मक प्रभाव पारेको देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ९ : २५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको