१५ जना ‘स्मार्ट’ आमा सम्मानित « Khabarhub

१५ जना ‘स्मार्ट’ आमा सम्मानित


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो ।

स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । आमाहरूलाई पालिकाले दोषल्ला ओढाएर, नगद १० हजार र स्वास्थ्य सामग्रीबाट सम्मान गरेको छ ।

स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको तीन महिनापछि जुकाको औषधि खाएको, कम्तीमा चारपटक गर्भ जाँच गरेको, टिटी खोप लगाएको, गर्भवती र सुत्केरी अवधिमा २२५ वटा आइरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल दुई दशमलव पाँच किलोभन्दा माथि भएको, पिनसी जाँच तीन पटक गरेको, सुत्केरीपछि बच्चालाई पूर्ण रूपमा स्तनपान गराएको र समयमै अन्य खानपान सुरु गरेको, प्रोटोकलअनुसार बच्चालाई पूर्ण खोप लगाएकोलगायत सूचक पूरा हुनुपर्दछ ।

यसैगरी, प्रत्येक महिना बच्चाको तौल तथा उचाइ नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधि खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाइ नियमित रुपमा भएको, गर्भान्तर कम्तीमा दुई वर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धूमपान र मध्यपान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छतासम्बन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचक पूरा गर्ने आमा स्मार्ट आमाका रूपमा सम्मानित भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार पालिकाबाट १३८ जना आमा प्रतिस्पर्धामा सहभागी भए पनि १५ जना स्मार्टआमा सम्मानित भएका हुन् । स्मार्ट आमा सम्मानका लागि गाउँ कार्यपालिकाले कार्यविधि बनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : ३० बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत