बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत « Khabarhub

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद भएको छ ।  

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उपसमितिको संयोजक र सदस्यमा रहने बिषयमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच विवाद भएको हो ।

बैठकमा रास्वपाका सांसदहरुले लेखा समितिको सभापति बिपक्षी दलबाट रहेको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले आफुहरुले सम्मानजनक भूमिका पाउनुपर्ने धारणा राखेका थिए ।

समिति सदस्य खगेन्द्र सुनारले अल्पमतको मूनि रहेर बहुमतले काम गर्न नसक्ने बताए । उनले समितिको नेतृत्व प्रतिपक्षीले पाएको अवस्थामा उपसमितिको संयोजक सत्तापक्षलाई दिनुपर्ने अडान राखे ।

बैठकमा नेकपा सांसद महेन्द्र बहादुर शाहीले उपसमिति संयोजन छान्न अल्पमत वा बहुमतको प्रावधान भन्दा समावेशी तवरले समझदारी गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

रास्वपा सांसद खुस्बु ओलीले उपसमितिमा सम्मानजनक उपस्थीति हुनुपर्ने भन्दै कुनै प्रकारको बिभेद स्वीकार्य नहुने धारणा राखिन्  ।

उपसमिति संयोजकको बिषयमा टुङ्गो नलागेपछि समिति सभापति भरत बहादुर खड्काले अर्को सूचना जारी नहुदासम्मका लागि बैठक स्थगीत गरेका छन् ।  

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १ : २० बजे

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को