साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा « Khabarhub

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामीको आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्नेछ। घरमै उपचार सम्भव नभएको अवस्थामा मात्रै बिरामीलाई सम्बन्धित अस्पतालमा रेफर गरिनेछ ।

महर्जनले भने, ‘कसैको घरमा बिरामी पर्दा हटलाइन नम्बर ११३१ मा फोन गर्नेबित्तिकै डाक्टर, नर्स र आवश्यक मेडिकल उपकरणसहितको टोली घरमै पुगेर उपचार सेवा दिन्छ। घरमै उपचार सम्भव नभएपछि मात्रै अन्य अस्पतालमा पठाइने व्यवस्था गरिएको छ ।’

महानगरले यस सेवामार्फत नागरिकलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : २४ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै