एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा « Khabarhub

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् । 

काठमाडौंको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित उपलब्ध सदस्यहरूको बैठकमा धारणा राख्ने नेताहरूले पार्टी एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।  

बैठकमा पार्टी एकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल भएको उनले बताए । उनले पार्टीभित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुराएको योगदानलाई समेत लिएर अघि बढ्ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गरे । मंगलबार ५ जना नेताहरूले धारणा राखेको र अलमल नगरी छिटो निर्णय गर्नुपर्नेमा जोड दिएको विश्वकर्माले बताए । 

बैठकले साउन ६ गते बीपी स्मृति दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको विश्वकर्माले जानकारी दिए । बैठक बुधबार पनि जारी रहने उनले बताए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : ५८ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका