प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीले पाए छात्रवृत्ति  « Khabarhub

प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीले पाए छात्रवृत्ति 


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारले प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

शनालय बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् । 

कार्यक्रममा मेडिकल डाक्टरतर्फ १ र सिभिल इन्जिनियरिङ, भेटनरी डाक्टर र कृषितर्फ २–२ जनालाई छात्रवृत्ति वितरण गरिएको थियो ।

स्नातक तहका कार्यक्रमतर्फ तीन किस्तामा छात्रवृत्ति रकम उपलब्ध गराइने निर्देशनालयले जनाएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आर्थिक अभाव भएका र अभिभावकविहीन विद्यार्थीहरूको अभिभावकत्व बागमती प्रदेश सरकारले लिने निर्णय अनुसार गरिबका छोराछोरीलाई प्राविधिक तथा प्रविधि मैत्री शिक्षा पढाउनका लागि विशेष व्यवस्था गरिएको बताए । 

बागमती प्रदेश सरकारले आउँदो वर्षको बजेटमा गाउँवस्तीका सामुदायिक तथा आधारभूत विद्यालयहरूमा एआई सम्बन्धी शिक्षा प्रणाली समावेश गर्ने र पढाउने योजना अघि सारेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ६ : ५० बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली