इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार « Khabarhub

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। यसअन्तर्गत भारतले इन्डोनेसियालाई ब्रह्मोस लामो दूरीको क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्झौता भएको भारतीय पक्षले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीनदिने राजकीय भ्रमणका क्रममा जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको द्विपक्षीय वार्तापछि उक्त सहमति सार्वजनिक गरिएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार ब्रह्मोस क्षेप्यास्त्र प्रणालीसम्बन्धी सहकार्यका साथै हावाबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रविधि तथा रक्षा क्षमता अभिवृद्धिमा समेत दुवै देशबीच सहकार्य गर्ने सहमति भएको छ। यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। इन्डोनेसियाको रक्षा मन्त्रालयले पनि यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

वार्तापछि प्रधानमन्त्री मोदीले भारत र इन्डोनेसियाबीच रक्षा, सुरक्षा र समुद्री मामिलामा आपसी विश्वास थप सुदृढ हुँदै गएको बताए। उनले रक्षा आदानप्रदान, विपद् व्यवस्थापन र औद्योगिक सहकार्यलाई अझ विस्तार गर्ने सहमति भएको जानकारी दिए।

दुवै देशका तटरक्षक निकायले हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षा तथा निगरानीसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउने भएका छन्।

त्यसैगरी, महत्वपूर्ण खनिज, स्टेनलेस स्टिल तथा दुर्लभ पृथ्वीजन्य चुम्बक (रेयर अर्थ म्याग्नेट) को उत्पादन र विकासमा निजी क्षेत्रबीच साझेदारी प्रवर्द्धन गर्ने सहमति पनि भएको छ।

राष्ट्रपति प्रबोवोले आर्थिक सहकार्यलाई द्विपक्षीय सम्बन्धको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै व्यापार विस्तार तथा प्राथमिकतापूर्ण व्यापार सम्झौतासम्बन्धी वार्तालाई तीव्रता दिने सहमति भएको बताए।

दुवै नेताले योग्याकार्तास्थित युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको प्रम्बानन मन्दिरको पुनःस्थापनाका प्रयासको स्वागत गरेका छन्। उनीहरू बुधबार संयुक्त रूपमा उक्त मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार इन्डोनेसियाको भ्रमणपछि प्रधानमन्त्री मोदी अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने कार्यक्रम छ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ७ : ४४ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली