प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा « Khabarhub

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगी दर्शन तथा अवलोकन गरेका छन् । भलभल अष्टमीको दिन उनी मन्दिरमा पुगेका हुन् ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गरिने परम्परा छ ।

सोही परम्पराअनुसार मंगलबार साँझसम्म नै नवदुर्गा देवगणले यसवर्षको अन्तिम नाच प्रर्दशन गर्ने र स्थानीयबाट पूजा जारी थियो । सोही क्रममा प्रधानमन्त्री बालेन मन्दिरमा पुगेका हन् ।

त्यस अवसरमा वनमालाले प्रधानमन्त्री बालेनलाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व, नवदुर्गाको जात्रा, पर्वलगायत विषयमा जानकारी गराए ।

प्रधानमन्त्री फर्केपछि देवगणको ब्रम्हायणी यात्रा सुरु भएको थियो । आजै देवगणले लगाएको मुकुण्डो ब्रम्हायणी लगेर जलाउने प्रचलन छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : ४८ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस