प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा « Khabarhub

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिर पुगी दर्शन तथा अवलोकन गरेका छन् । भलभल अष्टमीको दिन उनी मन्दिरमा पुगेका हुन् ।

नवदुर्गा जात्रा व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायण वनमालाका अनुसार भलभल अष्टमीको दिन नवदुर्गा देवगणको मुकुण्डोलाई ब्रम्हायणी लगेर अन्त्येष्टि गरिने परम्परा छ ।

सोही परम्पराअनुसार मंगलबार साँझसम्म नै नवदुर्गा देवगणले यसवर्षको अन्तिम नाच प्रर्दशन गर्ने र स्थानीयबाट पूजा जारी थियो । सोही क्रममा प्रधानमन्त्री बालेन मन्दिरमा पुगेका हन् ।

त्यस अवसरमा वनमालाले प्रधानमन्त्री बालेनलाई मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व, नवदुर्गाको जात्रा, पर्वलगायत विषयमा जानकारी गराए ।

प्रधानमन्त्री फर्केपछि देवगणको ब्रम्हायणी यात्रा सुरु भएको थियो । आजै देवगणले लगाएको मुकुण्डो ब्रम्हायणी लगेर जलाउने प्रचलन छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १० : ४८ बजे

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस