साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर « Khabarhub

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

कुनै एक देशमाथि हुने सैन्य आक्रमणलाई बाँकी दुवै देशमाथिको आक्रमण मानिने


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र पाकिस्तानबीच त्रिदेशीय सामूहिक रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । साउदी अरेबियाको पवित्र सहर मक्कामा आयोजित शिखर सम्मेलनमा तीन देशका प्रमुखहरूले हस्ताक्षर गरेको उक्त सम्झौता अनुसार कुनै एक देशमाथि हुने सैन्य आक्रमणलाई बाँकी दुवै देशमाथिको आक्रमण मानिनेछ ।

सम्झौतामा साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रसेप तइप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले हस्ताक्षर गरेका छन् । सम्झौताले तीनै देशको सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्य राखेको बताइएको छ। साउदी अरब, पाकिस्तान र टर्कीबीचको यो सम्झौता करिब एक वर्ष लामो वार्तापछि भएको हो ।

साउदी अरब र पाकिस्तानबीच लामो समयदेखि सैन्य सहकार्य रहँदै आएको छ। पाकिस्तानले दशकौँदेखि साउदी सेनालाई प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै, टर्की र पाकिस्तानले युद्धपोत तथा प्रशिक्षण विमानको क्षेत्रमा सहकार्य गर्दै आएका छन्।

नेटोको दोस्रो ठूलो सैन्य शक्ति टर्की, परमाणु शक्तिसम्पन्न पाकिस्तान र आर्थिक तथा रणनीतिक रूपमा बलियो साउदी अरेबियाको यो गठबन्धनलाई मध्यपूर्वमा नयाँ शक्तिको उदयका रूपमा हेरिएको छ।

इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा आक्रमण गरेपछि साउदी अरबमाथि इरानका तर्फबाट तथा यमनमा रहेका हुथी विद्रोही र इराकका शिया सशस्त्र समूहबाट समेत पटक–पटक आक्रमण हुँदै आएको छ।

यता, मध्यपूर्व युद्धका कारण बन्दप्राय बनेको होर्मुज जलमार्गमा व्यापारिक जहाजहरूको आवगमन सहज बनाउन इरान र ओमानका प्रतिनिधिहरूबीच वाणिज्यिक समुद्री कोरिडोर तयार पार्ने विषयमा सहमति जुटेको बताइएको छ।

अमेरिकाले फेब्रुअरीदेखि इरानविरुद्ध समुद्री नाकाबन्दी कडा पारिरहेको स्थितिमा यो सम्झौताले विश्वव्यापी इन्धन आपूर्ति र तेलको मूल्यमा देखिएको अस्वाभाविक उतारचढावलाई केही हदसम्म साम्य पार्ने अपेक्षा गरिएको छ।

यसैबीच, त्रिदेशीय रक्षा सम्झौता लगत्तै यमनका हूथी विद्रोहीहरूले साउदी समर्थित क्षेत्रहरू हद्रमाउत र मारिबमा कम्तीमा १२ वटा मिसाइल र ड्रोन प्रहार गरेका छन् । हूथी समूहले साउदी अरेबियाका सहयोगीहरूमाथि आक्रमण जारी राख्ने चेतावनी दिएको छ भने इस्लामिक सहयोग संगठन (औआईसी)ले साउदीको नज्रान क्षेत्रमा भएको आक्रमणको कडा शब्दमा भर्त्सना गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ८ : ५५ बजे

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक