बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन « Khabarhub

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा कोही पनि एक्लो नभएको जवाफ दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा रास्वपाकै सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एक्लो भएको संकेत गरेका थिए।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै नेता झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्।

झाले फेसबुकमा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’

उनले सरकारको नियत र आशयप्रति शंका नरहेको स्पष्ट पार्दै सुधार गर्नुपर्ने केही पक्ष भने रहेको बताएका छन्।

‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्’ उनले लेखेका छन्।

ऐतिहासिक अवसर खेर जान नदिन सरकारलाई निरन्तर सजग गराउने र आवश्यक विषयमा सचेत गराउने काम जारी राख्ने झाले बताएका छन्।

उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्नेमा जोड दिँदै आफू सरकारको साथमा रहेको समेत स्पष्ट पारेका छन्।

‘जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ झाले लेखेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  १ : २० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल