महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा « Khabarhub

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीको महाधिवेशन प्रक्रिया अघि बढ्ने बताए।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै सभापति थापाले साउन २४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

सभापति थापाले कांग्रेसलाई आफ्नो मौलिक इतिहास, त्याग र संघर्षको जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाउनुपर्ने बताए। उनले कांग्रेसलाई सत्ता र शक्ति आवश्यक भए पनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ नरहेको धारणा राखे।

उनले सेवा भावना र नागरिकका अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता भएको बताए।

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता कांग्रेसका शीर्ष नेताहरूले पद र सत्ताका लागि आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको स्मरण गर्दै सभापति थापाले त्यही राजनीतिक आदर्शलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई स्कुल ब्याग तथा स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  २ : ०९ बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक