लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु « Khabarhub

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन्। 

शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर अधिवेशनको उद्‌घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था आएको भन्दै सक्रिय नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरे।

उनले राप्रपाका सबै नेता–कार्यकर्ताका लागि आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशन नै मुख्य ‘अर्जुन दृष्टि’ र ऐतिहासिक कोसेढुङ्गा हुने बताए।

विगत ३५ वर्षदेखि सत्तामा रहेका दलहरूप्रति जनतामा आक्रोश बढिरहेको र नयाँ सरकार गठनपछि पनि मुलुक निराशातर्फ उन्मुख भएको उनको भनाइ थियो। गरिब, सुकुम्बासी तथा आम जनताका पक्षमा राप्रपाले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए।

अध्यक्ष लिङ्देनले पद मात्र खोज्ने तर काम गर्ने तथा राजनीतिक संघर्षका बेला पछि हट्ने व्यक्तिलाई पार्टीमा स्थान नदिइने स्पष्ट पारे। काम गर्ने र चुनाव जिताउन सक्ने क्षमता भएका नेता तथा कार्यकर्ताका लागि भने पार्टीको ढोका सधैँ खुला रहेको उनको भनाइ थियो।

त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीभित्र फरक मत राख्नेहरूप्रति कुनै बदलाभाव नरहेको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले हाल सञ्चालन भइरहेको सक्रिय सदस्यता अभियानमा सक्रियतापूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  २ : २२ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।