चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग « Khabarhub

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना वा अन्य घटनाका क्रममा चालक तथा सहचालकमाथि हुने हातपात र कुटपिट रोक्न कडा कानून बनाउन सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभाको उद्‌घाटन गर्दै अध्यक्ष सिटौलाले दुर्घटना भएलगत्तै चालक तथा सहचालकमाथि आक्रमण हुने गरेको भन्दै उनीहरूको सुरक्षाका लागि प्रहरी र ट्राफिक प्रहरीसरह आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताए।

उनले सवारी दुर्घटनाको छानबिन तथा दोषीमाथि कारबाही गर्ने कानूनी प्रक्रिया रहेकाले दुर्घटना भइसकेपछि चालक तथा सहचालकमाथि हुने कुटपिट र हातपात रोक्नुपर्नेमा जोड दिए।

अध्यक्ष सिटौलाले यातायात व्यवसायीहरूले विद्यार्थी, दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकलाई सहुलियत र छुट उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सरकारले प्रतिबद्धता जनाएअनुसार उपलब्ध गराउने भनिएको ६० प्रतिशत छुट रकम वा सम्बन्धित नीति तत्काल कार्यान्वयन गर्न पनि माग गरे।

उनले यातायात क्षेत्रमा कार्यरत सहचालक तथा व्यवसायीलाई यात्रुसँग दुर्व्यवहार नगर्न र यात्रुलाई सुरक्षित, मर्यादित तथा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे।

सिटौलाले यातायात व्यवसायी, चालक तथा सहचालक र सरकारबीचको सहकार्यबाट मात्र सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित र यात्रुमैत्री बनाउन सकिने बताए।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : ३४ बजे

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण