राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल « Khabarhub

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका सवालमा लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन्।

काठमाडौँ क्षेत्र नं. ६ अन्तर्गत नेकपा (एमाले) तारकेश्वर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय हितका मुद्दामा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध शक्तिबीच सहकार्य आवश्यक रहेको बताए।

उनले जनताको विश्वास जित्न पार्टीका नेता तथा कार्यकर्ता जनप्रिय बन्नुपर्नेमा जोड दिए। पार्टीले जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन जागरण अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले जनसङ्गठनलाई प्रभावकारी रूपमा परिचालन गरिएको बताए।

महासचिव पोखरेलले नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादका आधारमा आफ्ना नीति तथा कार्यक्रमप्रति जनताको विश्वास कायम गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘हामीले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्छ।’

परम्परागत कम्युनिष्ट आन्दोलनको विचारधाराबाट मात्र अघि बढ्न नसकिने उल्लेख गर्दै उहाँले मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताए।

महासचिव पोखरेलले विगतमा एमाले नेतृत्वको सरकारले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिए पनि युवालाई पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको स्वीकार गर्नुपर्ने बताए।

युवालाई देशभित्रै रोजगारी र अवसर सिर्जना गर्न नसकिएको विषयलाई आत्मसात् गर्दै आगामी दिनमा पार्टीले जनताको अपेक्षा र आवश्यकता सम्बोधन गर्ने गरी आफ्ना नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ३ : ४१ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी