ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल « Khabarhub

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई भेट्न एमाले महासचिव शंकर पोखरेल वीर अस्पताल पुगेका छन् । अध्यक्ष ओली र पार्टी सचिव महेश बस्नेतले गुन्डुमा डाकेर थपलियालाई प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिन चर्को दबाब दिएका थिए ।

उनी गत सोमबार साँझ गुन्डुस्थित अध्यक्ष ओली निवासमा बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई त्यही रात भक्तपुरको मध्यपुर थिमी अस्पतालमा उपचारपछि त्रिपुरेश्वरस्थित होटलमा लगिएको थियो ।

गत मंगलबार दिउँसोदेखि भने उनलाई वीर अस्पतालमा उपचारका लागि राखिएको छ । थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् ।

थपलियाको अवस्था बुझ्न महासचिव पोखरेल वीर अस्पताल पुगेका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ४ : २५ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा