कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ « Khabarhub

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पलाँता गाउँपालिका–९ कालिकोट थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीय मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डा अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए । 

तपेन्द्र राति अस्पताल प्रवेश गरी त्यहाँ कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पङ्खा, अस्पतालका झ्याल, फार्मेसीमा औषधि राखिएका दराज, र्‍याकलगायत क्षति पुगेको जनाइएको छ ।

चिकित्सक, नर्स, कर्मचारी कुटपिट र अस्पताल तोडफोड गर्नेसहित तीन जनालाई गएराति नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए। 

अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको निहुँमा विवाद भई चिकित्सक र नर्समाथि कुटपिट भएको र त्यही घटनालाई लिएर राति उनीहरूमथि आक्रमणको प्रयास तथा अस्पताल तोडफोड भएको जनाइएको छ । 

उक्त घटनामा संलग्न बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 
 

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ५ : २६ बजे

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक