भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश « Khabarhub

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३ जना विभिन्न दलका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

नेपाल कांग्रेस भोजपुर जिल्ला सदस्यसमेत रहेका वनसहित उक्त दलका पालिका कमिटी सचिव श्रीभक्त राई, तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत कांग्रेस, नेकपा (एमाले)र नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता श्रम संस्कृतिमा प्रवेश गरेका हुन्।

साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडामा आयोजित पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा श्रम संस्कृतिका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हेमन्त राईले नवप्रवेशीलाई सदस्यता वितरण गर्दै स्वागत गरे। 

यसैगरी, पूर्वमाओवादी केन्द्रबाट गाउँ पार्टी अध्यक्ष तथा प्रदेश सदस्य प्रेम किराती र वाईसीएल प्रदेश कमिटी सदस्य रमेश राईको नेतृत्वमा ४८ जना नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा समायोजन भएका छन्।

पार्टी प्रवेश तथा समायोजन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ५ : ४४ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा