नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने « Khabarhub

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने भएको छ । यसअघि परराष्ट्रसचिव अमृतबहादुर राईसँगको परामर्शमा मुख्यसचिव गोविन्दबहादुर कार्कीले आयोजकमध्येको काठमाडौं विश्वविद्यालयका अधिकारीहरुलाई डाकेर नेपालमा उक्त कार्यक्रम नगर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।

धुलिखेल र राजधानीमा अगष्ट २३ देखि २९ सम्म आयोजना हुने भनिएको इन्टरनेशनल एशोसिएसन फर टिबेटियन स्टडिज (आईएटीएस) को सम्मेलन अब अनलाइन माध्यमबाट गरिने छ । आईएटीएसले नेपालमा तय भएको कार्यक्रम स्थगित हुनुलाई ‘अत्यन्त खेदजनक र चिन्ताजनक घटनाक्रम’ को संज्ञा दिएको छ ।

आईएटीएसकी कार्यवाहक प्रमुख तथा फ्रान्सको पूर्वीय भाषा तथा सभ्यता मामिलाका लागि राष्ट्रिय प्रतिष्ठानमा तिब्बती–शास्त्रकी प्राध्यापक फ्रास्वाँ रोबेनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार अब यो कार्यक्रम अनलाइन माध्यमबाट हुनेछ ।

कार्यक्रमको तयारी जारी रहेको उनले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ७ : ४१ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा