नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो « Khabarhub

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन् ।

पहिराले नयाँपुल–घान्द्रुक सडकखण्ड अवरुद्ध बनेको छ । यस सडकखण्डअन्तर्गत अन्नपूर्ण–१० मा यही साउन २१ गते राति सिवौँ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

“खोलाले सडकको बेस सबै बगाएको छ । अप्ठ्यारो भूगोलका कारणले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । जिल्ला प्रशासनसँग छलफलमै छौँ, कसरी सडक सञ्चालन गर्ने भनेर प्राविधिक अध्ययन भइरहेको छ,” गुरुङले भने।

बाटो अवरुद्ध भएपछि घान्द्रुक आउजाउ गर्ने स्थानीयवासी र पर्यटकलाई समस्या परेको छ । सडक अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गे पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने अस्थायी प्रबन्ध गरिएको प्रवक्ता गुरुङले बताए । घान्द्रुक अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार समेत हो ।

यसैगरी, कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका–१ सिक्लेस जाने सडक भने तीन दिनपछि सञ्चालनमा आएको छ । यही साउन २० गते राति काहुँखोला–सिक्लेस सडकखण्डमा पर्ने खिलाङ र चिप्लीको बीचमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएकामा आज साँझदेखि बाटो सञ्चालन भएको मादी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीजङ्ग गुरुङले जानकारी दिए।

“जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा दुई दिनको प्रयासपछि सडक खुलेको छ,” वडाध्यक्ष गुरुङले भने ।सडक डिभिजन कार्यालयले पोखराको काहुँखोलादेखी सिक्लेसम्म अहिले सडक स्तरोन्नतिको काम समेत गर्दै आएको छ । सडक पहिराले अवरुद्ध भएपछि स्थानीयवासी र पर्यटक समस्यामा परेका थिए ।

सिक्लेस ग्रामीण पर्यटनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रख्यात छ । बर्खायामका कारणले सिक्लेसमा हाल पर्यटक आगमन कम रहे पनि सार्वजनिक बिदामा भने आन्तरिक पर्यटक उल्लेख्य पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ८ : २८ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा